काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १६ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ५ सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।आवेदन बैंकको प्रधान वा कुमारी क्यापिटलमा दिनुपर्नेछ ।
सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सुचनामा उल्लेख छ । तोकिएको अवधिमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।