काठमाडौँ। कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा नारायणकुमार घले, उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी, सहसचिवमा विशाल सापकोटा,सदस्यहरूमा रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे चयन भएका हुन् ।
क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । चिरञ्जिवी अधिकारी नेपाल चेम्बर अफ कमर्सका साइबर सुरक्षा सल्लाहकार, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आईसीटी विशेषज्ञ सदस्य, र नेपाल कपीराइट कार्यालयका आईसीटी विशेषज्ञ पनि हुन् ।
पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल, र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो । आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ। क्यान महासङ्घले आफ्नो उद्देश्य अनुसार आईसीटी क्षेत्रमा नयाँ आयाम थप्दै राष्ट्रिय स्तरमा योगदान पुर्याउने विश्वास गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्