काठमाडौँ । जय शम्भु इन्भेष्टमेन्टले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २२ गते (शनिबार) का लागि साधारण सभा आह्वान गरेको हो ।
प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासनको तयारी गरिरहेको कम्पनीले यही वार्षिक साधारण सभामा कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने र आइपिओ निष्कासनको प्रक्रिया सुरु गर्ने प्रस्ताव उच्च प्राथमिकताका साथ पेश गर्नेछ ।
त्यस्तै, कम्पनीले साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने सोही दिन सञ्चालक समितिको निर्वाचन र कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पेश गरिनेछन् ।
साधारण सभा शनिबार बिहान ९ बजेका लागि बोलाइएको छ । सभा काठमाडौँ महानगरपालिका-१ लिसरा रेस्टुरेन्ट एण्ड टिकाथली किचेनमा हुनेछ ।