×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट आवास र सरल कर्जा पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट आवास र सरल कर्जा पाउने

Artha Sarokar

१७ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरूलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको हो ।

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा  पठाउनु पर्ने व्यवस्था थियो ।

त्यसैगरी नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ ।

कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी