काठमाडौँ । काठमाडौँ विश्वकै पाँचौँ प्रदुषित सहर बनेको छ । वायु प्रदुषण उच्च भएपछि सोमबार काठमाडौँ विश्वका बढी वायु प्रदुषित सहरको सूचीमा पाँचौँ स्थानमा परेको हो ।
सोमबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १७८ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । तर, सामान्यतया ५० एक्युआईसम्मलाई सामान्य मानिन्छ । काठमाडौँको एक्युआई १७८ पुग्नु स्वास्थ्यका लागि हानिकारक भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार अत्याधिक वायु प्रदुषणका कारण मानव शरीरमा फोक्सोको क्यान्सर, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या देखिन्छन् ।
त्यस्तै, सोमबार विश्वकै सबैभन्दा वायु प्रदुषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ । आज लाहोरको एक्युआई ३०४ मापन गरिएको छ । त्यस्तै, दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्युआई २५० मापन गरिएको छ ।