×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविलाई बयानका लागि चितवन लगियो 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

रविलाई बयानका लागि चितवन लगियो 

Artha Sarokar

१८ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । लामिछानेलाई आज (मंगलबार) बिहान चितवन लगिएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध चितवनमा पनि उजुरी परेपछि उनलाई बयानका लागि काठमाडौँबाट चितवन लगिएको प्रहरीले जनाएको छ । 

चितवनमा सहारा चितवन सहकारीका बचतकर्ताले सहकारीमा भएको रकम हिनामिना प्रकरणमा रविविरुद्ध मंसिर ५ गते पूरक जाहेरी दिएका थिए । सोही जाहेरीमाथिको अनुसन्धानका लागि लामिछानेलाई चितवन लगिएको हो । 

कास्कीबाट बयानका लागि काठमाडौँ ल्याइएका रविलाई यसअघि बयानका लागि रूपन्देही लगिएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी