Skip to content
LAXMI SUNRISE BANK

माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

माउन्टेन इनर्जीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK