काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहकाबीच रु १० लाख नगदको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक रु १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा रहन जाने बताए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरु अध्ययन गर्दै आएको कुरा जानकारी गराए ।
हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षय कोषको निर्माण गर्दै अनवरत रुपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षय कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्