×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०-८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको हो ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ । परिसंघबाट सम्मानित हुने करतादाहरूमा एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्यात तर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद रहेका छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट सम्मानित भएका हुन् । ऊर्जा क्षेत्रतर्फ उच्च कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भए ।

यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट, ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज तथा विशेष उद्योगतर्फ वरुण वेभरेजलाई परिसंघले सम्मान गरेको थियो । परिसंघका तर्फबाट अध्यक्ष राजेश अग्रवालले करदाता उद्योग तथा व्यक्तिहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र दिएका थिए ।सम्मान कार्यक्रमपछिको अन्तरक्रियामा मुलुकले पर्यटन क्षेत्रबाट धेरै लाभ लिइरहेको उद्योगी तथा व्यवसायीहरूले बताएका थिए । उनीहरूले पर्यटन क्षेत्रको विकासका लागि सरकारले थप पहलकदमी लिनुपर्नेमा समेत जोड दिएका थिए ।

अन्तरक्रियामा नेपाल मेडिकल कलेजको हब बन्ने सम्भावना रहेको तर सरकारको कसिलो नीतिले गाह्रो बनाएको व्यवसायीहरूले बताए । कार्यक्रममा म्यारियट होटलका सञ्चालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए । हाम्रोभन्दा राष्ट्रिय सुरक्षा संकटमा रहेको पाकिस्तानमा भन्दा धेरै सेना नेपालमा हुनु अनावश्यक भएको उनको तर्क छ ।

नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले नेपाल ऋणहरूको जालोमा पर्ने खतरा रहेको औंल्याए । अहिले ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउँदै उनले यस्तो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको बताए । अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा कमजोर भएको समेत बताए । परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी