×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सद्धारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सद्धारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंसिर २१ गते संस्थाको जनकपुर शाखाबाट विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै कारीब २५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण गरेर सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

मंसिर २२ गते शनिबारको दिन संस्थाको नारायणगढ शाखाबाट नारायणी किनार स्थित देवघाट धाममा सरसफाई कार्यक्रम र मधुवन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम मधुवन स्थित बहरदार टोलका ३५ जना स्थानीय बासिन्दा बीच, वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी