काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा सोमबार आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना-साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने जनाए । प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजपुरिया समुदायको हक, हित र उन्नतिका पक्षमा उठाइएका माग सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले उठाउनुभएको मागउपर आवश्यक सुनुवाइ भई यथाशक्य छिटो सम्बोधन गरिने विश्वास दिलाउँदछु ।’
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेका थिए । देशभर २१ हजार हाराहारीमा रहेको ताजपुरिया समुदायका मानिसको पूर्वी नेपालको विशेषगरी झापा र मोरङ जिल्लामा बसोबास रहेको पाइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्