काठमाडौँ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ राजस्व संकलन भएको छ । तर, २०२३ मा ७.८५ करोड मात्र राजस्व संकलन भएको थियो ।
यस अवधिमा आरोहण अनुमतिको संख्या १ सय ६३ रहेको छ । जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।
कुल आरोही संख्या २ हजार २४५ रहेको छ, जसमा ३ सय १ जना महिला र १ हजार ९४३ जना पुरुष छन् । यसवर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५ सय ४३ जना रहेका छन् ।
यसवर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । विभाग र एजेन्सीले बैठक बसेर मृतकहरूको शव सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाइएको छ ।
सन् २०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको संख्या २४०७ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्