काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बैंकहरुको खुद नाफा ७.५६ प्रतिशतले बढेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले कुल २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
पछिल्लो १ वर्षको अवधिमा २० वाणिज्य बैंकमध्ये १६ बैंकको खुद नाफा बढेको छ । तीन बैंकको खुद नाफा घटेको छ भने कृषि विकास बैंक भने नोक्सानीमा रहेको छ ।
यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले कुल २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको खुद नाफा भने क्रमशः १०० प्रतिशत र १०७ प्रतिशतले बढेको छ ।
यता २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा कमाउने दोस्रो बैंक बनेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो बनेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसअवधिमा १ अर्ब ८२ करोड खुद नाफा कमाएको छ ।
त्यस्तै, कार्तिक मसान्तसम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ७१.८३ प्रतिशतले घटेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५४.१९ प्रतिशत र हिमालयन बैंकको खुद नाफा ३९.०१ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्