काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले बढेर एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३२ हजार दुई सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६५०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।