×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउँदै सरकार !

LAXMI SUNSIRE
GLOBAL IME BANK

सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउँदै सरकार !

Artha Sarokar

२७ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा घट्दो जनसंख्यादर नियन्त्रण गर्न सरकारले नयाँ नीति लिने तयारी गरेको छ । पछिल्ला वर्ष नेपालको जनसंख्या निरन्तर घट्दो क्रममा गएपछि जनसंख्यामा सन्तुलन कायम गर्न सरकारले नयाँ नीति ल्याउने तयारी गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२१ मा नेपालको जनसंख्या वृद्धिदर ०.९२ मा झरेको छ । सामान्यतया जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम हुनु चिन्ताजनक मानिन्छ ।

यसो त २०७१ सालको राष्ट्रिय जनसंख्या नीतिले दम्पतिलाई दुई वा सोभन्दा कम सन्तान जन्माउन प्रोत्साहित गरेको थियो । तर, हाल जनसंख्या घट्दो क्रममा रहेको र उक्त नीति पुरानो भइसकेको भन्दै उक्त नीति बदल्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

करिब सात दशकअघि नेपालमा कुल जनसंख्याको ३८ प्रतिशत हिस्सा बालबालिकाको थियो तर अहिले कुल जनसंख्यामा बालबालिकाको हिस्सा २८ प्रतिशत मात्रै छ । जनसंख्या वृद्धिदर यही गतिमा ओरालो लागे नेपालमा लैंगिक असमानताले विकराल रुप लिने विज्ञहरुको दाबी छ । विज्ञका अनुसार हाल नेपालमा महिलाहरु आर्थिक रुपमा सक्रिय हुनु, व्यवसाय वा जागिर गर्दा सन्तान जन्माउन नचाहनु, अध्ययन र रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दा ढिलो विवाह गर्नु र सन्तान उत्पादनको प्रजनन् समयमा श्रीमान–श्रीमती संगै नबस्ने स्थितिले जनसंख्या वृद्धिदर घटेको हो ।

यही समस्या समाधानका लागि र सन्तान जन्माउन प्रोत्साहन गर्ने गरी विज्ञहरुले दिएको सुझावका आधारमा सरकारले नयाँ नीति ल्याउने तयारी गरेको छ । जसअन्तर्गत स्वदेशमा उपयुक्त र प्रयाप्त रोजगारीका अवसर सृजना गर्ने, वैदेशिक रोजगारीलाई सीपयुक्त, सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मर्यादित बनाउने र स्थानीय स्तरबाट सन्तान जन्माउने प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने तयारी गरिएको बुझिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी