Skip to content
LAXMI SUNRISE BANK

जापान पठाउने भन्दै १० लाख ठग्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.  ०५ बस्ने  ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् ।
उनेल आकर्षक तलबको प्रलोभनमा पारेर एक जनालाई जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
पीडितले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका वडा नं.  १५ बाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK