काठमाडौँ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्युरोले उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईंमाथि ब्युरोले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ गरी अनुसन्धान गरेको छ ।