×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शिवम् सिमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

१ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश  दिने घोषणा गरेको हो ।

कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश शिवम्को आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

साधारण सभा भने पुस २९ गते राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी