काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।
कम्पनीले लाभांश पारित गर्नका लागि पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्