Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकले यसपटक पनि लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यसपटक पनि लाभांश नदिने भएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिम राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि पेस गर्ने र स्वीकृति प्राप्त भएपश्चात उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ ।

हिमालयन बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

बैंकले लगातार दुई वर्ष लाभांश लाभांश नदिएपछि बैंकका सेयरधनी निराश भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK