Skip to content
LAXMI SUNRISE BANK

‘नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ’- गभर्नर अधिकारी

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरू जित्दै गएको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन् ।

‘जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो ।’, गभर्नर अधिकारीले भने, ‘कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौँ ।’

त्यस्तै, गर्भनर अधिकारीले पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताएका छन् । उनले कयौँ उतारचढाव र चुनौतीका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दाबी गरेका छन् ।

‘ऋणको साँवा-ब्याज उठ्न गाह्रो भइरहेको छ । यद्यपि, प्रोभिजन बलियो भएकाले बैंकलाई सुरक्षित बनाउन मद्दत पुगेको छ ।’, उनले भने, ‘प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK