काठमाडौँ । कुखुराको अण्डाको मूल्य फेरि बढेको छ । शुक्रबार (पुष ५ गते) देखि लागू हुनेगरी कुखुराको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँका दरले बढेको हो ।
माग ह्वात्तै बढेपछि र उत्पादन घटेपछि मूल्य वृद्धि गर्नुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
अण्डाको मूल्य बढेसँगै अब किसानले मिडियम साइजका अण्डाको मूल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय १५ रुपैयाँ पाउनेछन् ।
यसअघि किसानहरुलाई मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँ र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ दिइँदै आएको थियो । तर, किसानले पाउने मूल्य १५ रुपैयाँले बढेसँगै अब किसानबाट खरिद गरेर बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन, क्रेटको खर्च जोड्दा अण्डाको मूल्य प्रतिक्रेट १ सय ४० रुपैयाँ महँगिने संघले जनाएको छ ।