Skip to content
LAXMI SUNRISE BANK

एनपीएलको उत्साहः फाइनल खेलको टिकट डेढ घण्टामै ‘सोल्ड आउट’, टिकट बेचेर क्यानले कति कमायो ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट डेढ घण्टामै ‘सोल्ड आउट’ भएको छ ।

शनिबार (पुष ६ गते) हुने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलका लागि टिकट बिक्री खुला भएको डेढ घण्टामै सबै टिकट ‘सोल्ड आउट’ भएको क्यानले जनाएको छ ।

हाल क्यानले १२ हजार दर्शक क्षमता भएको त्रिवि क्रिकेट मैदानमा ११ हजार टिकट खल्तीमार्फत बेच्दै आएको छ । जसमध्ये ८ वटा टिकट भीआईपीतर्फ र १० हजार २ सय टिकट साधारणतर्फ रहेका छन् । क्यानले फाइनलका लागि भीआईपी टिकट एक हजार रुपैयाँ र सधारणतर्फको टिकट ५ सय रुपैयाँका दरले बेचेको छ ।

यसरी क्यानले फाइनल खेलका लागि मात्रै कुल ५९ लाखको टिकट बिक्री गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK