काठमाडौँ । कुहिएको नरिवल बेचेको भन्दै भाटभेटनी सुपरमार्केटलाई कारवाही गरिएको छ ।
अनुगमनका क्रममा उपभोक्ताको लागि बेच्न राखिएको नरिवल कुहिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर आउलेटलाई कारवाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
गत मंसिर १९ गते महानगरप्रहरीसहितको टोलीले गरेको अुनगमनका क्रममा भाटभटेनीमा ढुसी परेको, कुहिएको नरिवल प्याक गरेर बेच्न राखिएको पाइएको थियो ।
अनुगमनका क्रममा महानगरप्रहरीले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटबाट ४४ प्याकेट अखाद्य (ढुसी परेको) नरिवल बरामद गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्