×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एडिबीले तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब बढी रकम सहयोग गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एडिबीले तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब बढी रकम सहयोग गर्ने

Artha Sarokar

५ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।

त्सस्तै, अर्थ मन्त्रालयमा पुस ५ गते आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा.  रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे। यस अवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरेका छन् ।

निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडिबीले सघाउँदै आएको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी