×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

Artha Sarokar

५ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारी धम्काएको आरोपमा सीआईबीले पक्राउ गरेका प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

सर्वोच्चमा दोस्रो पटक दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि प्रसाईंलाई शुक्रबार सुनुवाईका लागि अदालत लगिएको थियो ।

सुनुवाईपछि अदातलका न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

यसअघि प्रधानमन्त्रीको विषयमा भ्रामक अभिव्यक्ति दिएको भन्दै साइबर ब्युरोले पक्राउ गरेका प्रसाईं ४० हजार धरौटी तिरेर छुटेका थिए । त्यसलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । उनीमाथि सीआईबीले आपराधिक लाभको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी