Skip to content
LAXMI SUNRISE BANK

सडकमा फोहोर पानी फाल्नेलाई १५ हजार जरिवाना

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर पानी फाल्नेलाई कारवाही गरेको छ । फोहोर पानी फालेर सडक पेटी दुर्गन्धित बनाएको भन्दै महानगरले काठमाडौँ महानगरपालिका-४ का निरज न्यौपानेलाई कारवाही गरेको हो ।

महानगर प्रहरीका अनुसार न्यौपानेलाई कारवाहीस्वरुप १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

सडक, सडकपेटी, सार्वजनिक स्थान फोहोर नगर्न निर्देशन दिँदादिँदै पनि सडक पेटीमा फोहोर पानी फालेको पाइएपछि कारवाही गरिएको महानगर प्रहरीले जनाएको छ ।

पछिल्ला दिन काठमाडौँ महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारवाही गर्दै आएको छ । साथै महानगरपालिकाले जथाभावी फोहोर नफाल्न, खुल्ला स्थानमा आगो नबाल्न, जथाभावी पर्चा/पम्प्लेट नटाँस्न पनि आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK