Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ९२ लाख नगदसहित काठमाडौँबाट तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन् । उनीहरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९२ लाख नगदसहित पक्राउ गरेको हो ।

उनिहरुबाट बरामद गरिएको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीले उनीहरु सुन कारोबार हुन सक्ने आशंका गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK