×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवामा हप्तामा तीन पटक समस्या, करोडौँ जोखिममा, कर्णालीजस्तै समस्याग्रस्त घोषणा गर्न माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इसेवामा हप्तामा तीन पटक समस्या, करोडौँ जोखिममा, कर्णालीजस्तै समस्याग्रस्त घोषणा गर्न माग

Artha Sarokar

१२ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवा वालेटको सिस्टममा एक हप्तामै तीनतीन पटक समस्या देखिएको छ । डिसेम्बर २१ (पुष ६ गते) देखि डिसेम्बर २६ (पुष १२ गते)सम्म इसेवा वालेटमा तीन पटक समस्या देखिएको हो ।

यो हप्तामा पहिलो पटक इसेवामा पुष ६ गते (शनिबार) समस्या देखिएको थियो । शनिबार इसेवाबाट पेमेन्ट नहुने, पेमेन्ट भए पनि पैसा नदेखाउने, क्युआर स्क्यान नहुने लगायतका समस्या देखिएको थियो । ग्राहकको व्यापक गुनासोपछि इसेवाले सामाजिक सञ्जाल फेसबुकमा सूचना नै जारी गर्दै फोनपेले डिजास्टर रिकभरी ड्रिल सम्बन्धी कार्य गर्ने भएकाले फोनपेका सबै सेवा र अस्थायी रुपमा इसेवाको क्युआर पेमेन्ट पनि नहुने जानकारी गराएको थियो ।

त्यसपछि इसेवमा पुनः पुष ८ गते (सोमबार) समस्या देखियो । त्यसबेला पनि इसेवाले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै प्राविधिक कारणले इसेवाको विभिन्न सेवा अस्थायी रुपमा अवरुद्ध भएको जानकारी गराएको थियो ।

दिनहुँजसो समस्या देखिइरहेको इसेवामा पुष ११ गते (बिहीबार) पुनः समस्या देखिएको थियो । बिहीबार इसेवामा कारोबार नहुने, भएको पैसा पनि नदेखाउने र विभिन्न अप्सनहरुले काम नगर्ने समस्या देखिएको थियो । लगत्तै इसेवाले फेरि पनि सेवा अवरुद्ध हुनुमा प्राविधिक कारण देखाउँदै पन्छिने काम गर्यो । इसेवाले प्राविधिक कठिनाईका कारण सेवाहरु अस्थायी रुपमा अवरुद्ध भएको सूचना फेसबुकमार्फत सेयर गरेको छ । अझ इसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाको लागि क्षमासमेत मागेको छ ।

नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएर पनि प्रयाप्त नियमन नगर्दा इसेवाका प्रयोगकर्ताहरुले दुःख पाइरहेका छन् । अझ यो हप्ता इसेवामा तीनतीनपटक समस्या देखिएपछि इसेवाका प्रयोगकर्ताले दुःख मात्र पाएका छैनन् बरु कर्णाली डेभलपमेन्ट बैंकलाईजस्तै समस्याग्रस्त घोषणा गर्न पनि माग गरेका छन् ।

यसो त इसेवामा यो भन्दा अघि थुप्रै पटक यस्ता समस्या देखिइसकेका छन् । तर, हरेक पटक इसेवा प्राविधिक समस्या भन्दै पन्छिदै आएको छ । केही समयअघि इसेवामा मालवेयर अट्याक भएको विषय पनि बाहिरिएको थियो । हाल इसेवा वालेटमै समस्या देखिँदा इसेवामा लिंक भएका बैंक खाताहरुमासमेत समस्या देखिएपछि कतै इसेवामा ठूलै समस्या त छैन ? भन्ने प्रश्न गम्भीर बनेको छ । यसरी पटकपटक सिस्टममा समस्या देखिनु र बेलाबेलामा मालवेयर अट्याक भएका खबरहरुले इसेवा प्रयोगकर्ताको करोडौँ रकम जोखिममा रहेको शंकालाई थप बल दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी