×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन सुरु

Artha Sarokar

१२ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा ‘नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२५’ सुरु भएको छ ।  नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यामिक विद्यालयको संयुक्त आयोजनामा काठमाडौँको कमलादीस्थित युनिग्लोब माध्यामिक विद्यालयको प्राङ्गणमा डिसेम्बर २७ (शुक्रबार)देखि सुरु भएको हो ।

उक्त सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागि युव वैज्ञानिक तथा अनुसन्धानकर्ताले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधिजस्ता विषय समावेश रहेका छन् ।

परियोजनाको चयन गर्दा नवीन वैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधिले सम्मानित गरिनुका साथै सिङ्गापुरमा आयोजना हुने १४औँ एशिया प्यासिफिक कन्फरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ ।

यसबाहेक छानिएका युवा वैज्ञानिकहरूले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी