Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकका कर्मचारीहरु भ्रष्टाचारी ठहर, बैंकमा घोटाला गरेर करोडौँ गैरकानुनी रकम आर्जेको अदालतको पुष्टि !

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बैंकका तीन कर्मचारी सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बैंकको स्वयम्भू शाखामा भएको घोटाला प्रकरणमा जोडिएका केदार गौतम, सूर्य बहादुर लिम्बू र कृष्णहरि थापालाई सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको हो । 

सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी ठहर गर्दै अदालतले उनीहरुले विभिन्न प्रक्रियाबाट गैरकानूनी रुपमा बैंक ट्रान्सफर तथा तह तह हस्तान्तरण गरेर ३३ करोड ९३ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जेको पुष्टि गरेको छ । 

उनीहरुलाई यसअघि सर्वोच्च अदालतलेसमेत बैंकिङ कसुर, भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेर आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर गरिसकेको छ । 

हाल सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले दोषी ठहर गरे पनि सजाय तोक्न भने बाँकी छ । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि अदालतले पुष २२ गते अर्को पेशी तोकेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK