×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओको पक्षमा सर्वोच्चको फैसला, राइड सेयरिङ नरोक्न आदेश, कानूनी मापदण्डमा ल्याइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

पठाओको पक्षमा सर्वोच्चको फैसला, राइड सेयरिङ नरोक्न आदेश, कानूनी मापदण्डमा ल्याइने !

Artha Sarokar

१६ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले राइडिङ सेयर गर्ने अभ्यास र व्यवसायलाई कानूनी मापदण्डमा ल्याउन आदेश दिएको छ । 

राइड सेयरिङ एप सञ्चालन गरिरहेको पठाओको दर्ता खारेज गर्नुपर्ने माग गर्दै दायर भएको मुद्दामा व्याख्या गर्दै सर्वोच्चले राइड सेयरिङ नरोक्न बरु कानूनी रुपमा व्यवस्थित र नियमन गर्न सरकारका नाममा आदेश दिएको हो । 

तर, राइड सेयरिङ जस्ता यातायात व्यवसायको सम्बोधनका लागि कानूनी प्रबन्ध गर्न समय लाग्ने भएकाले त्यसअवधिसम्म पठओसहित अन्य राइड सेयरिङ एप र कम्पनीहरुले शर्त पालना गरे/नगरेको अनुगमन गर्न उद्योग विभाग र यातायात व्यवस्था विभागको नाममा आदेश जारी गरेको छ । 

त्यस्तै,  अपांग महिला लगायतका यात्रुहरुको सहजताका लागि व्यवस्था गर्नुपर्ने सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी