×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम नगर्ने १३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काम नगर्ने १३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)

Artha Sarokar

१८ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको सूचीः

१. एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर-१६, मोरङ ।
२. एमएस Inspur Software Group Co.Ltd., China.
३. मृत सन्जिवनी- ग्याल्वा जे.भी., काठमाडौँ ।
४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., हेटौंडा ।
५. लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका-६, गोरखा ।
६. सुष्मी कन्स्ट्रक्सन प्रा.लि., गोकर्णेश्वर नगरपालिका-५, काठमाडौं कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।
७. रविन कन्स्ट्रक्सन, गुलरिया-६, बर्दिया ।
८. थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.-६ ।
९. M/S M.D. Optical Solution Pvt. Ltd.  Pokhara-१५, कास्की ।
१०. शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी-२, तनहुँ ।
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका-४, कपिलवस्तु ।
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी