Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला१७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २९ हजार ८ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK