Skip to content
LAXMI SUNRISE BANK

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा

अर्थ सरोकार

काठमाडौँ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर-११ गणेश स्थानमा रहेको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष चुकेले सहकारीको एक सिद्धान्त ‘समुदाय प्रतिको चासो’ लाई प्राथमिकतामा राख्दै संस्थाले विगतदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान गर्दै आएको कुरा उल्लेख गरे । सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गर्दै यस्तो कार्यक्रमले संस्थालाई समुदायसँग अझ नजिक बनाउने उनले विश्वास व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको मुख्य उद्देश्य आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउनु हो भन्दै यस्ता कार्यक्रमले संस्थाको समाजप्रतिको दायित्वलाई प्रतिबिम्बित गर्ने बताए ।

कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारीले चितवन जिल्लामा आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि उल्लेखनीय कार्य गर्दै आएको बताए। संस्थाको उद्देश्य मात्र लाभ वितरण नभई समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम ल्याउनु रहेको कुरामा जोड दिँदै उनले ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको र यसले विद्यार्थीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गरे ।

उक्त कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालक अनिता मैनाली, सूर्य बराल, होमनाथ सापकोटा, लेखा प्रमुख नविना अधिकारी, र विद्यालयकी प्रधानाध्यापक कमला पौडेल लगायतको उपस्थिति रहेको थियो । विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई चिसो मौसममा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK