Skip to content
LAXMI SUNRISE BANK

२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का, मानिसहरुको भागाभाग

अर्थ सरोकार

काठमाडौँ । मंगलबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः५० बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का गएपछि काठमाडौँमा मानिसहरुको भागाभाग भएको थियो ।

मंगलबार बिहान महसुस गरिएको भूकम्पको धक्का केन्द्रबिन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्नेच्युडको भूकम्प गएको हो । त्यसैको धक्का नेपालका प्रायः ठाउँमा महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK