×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ क्यापिटलको ११औं साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ क्यापिटलको ११औं साधारणसभा सम्पन्न

Artha Sarokar

२३ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष १९ गते काठमाडौँमा सम्पन्न भएको हो ।

उक्त ११औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारणसभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी