काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए ।
दानपेटिकामा सङ्कलित दानलाई क्लोज सर्किट (सिसि) क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले यहाँ दान दिने गर्छन् । दानबापत सङ्कलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्