काठमाडौँ । डा. सुनील सिटौलाको ‘भाग्यचक्र’ पुस्तक विमोचन भएको छ । नेपाल ज्योतिष परिषद्को २७औँ वार्षिकोत्सवको अवसरमा डा. सिटौलाको ‘भाग्यचक्र’ पुस्तक विमोचन भएको हो ।
उक्त पुस्तक पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्टले विमोचन गरेका हुन् ।
ज्योतिषविद्का रुपमा परिचित सिटौला ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार प्रसारमा क्रियाशिल छन् । उनले यसअघि थुप्रै अनुसन्धानमूलक तथा जानकारीमुलक पुस्तक पनि प्रकाशन गरिसकेका छन् ।
डा. सिटौलाद्वारा लिखित ‘भाग्यचक्र’मा जातका भरण, जातका लंकार, सिद्धान्त तत्वविवेक, बृहत जातक, बृहत परासर होराशास्त्र, लघु जातक, लघु परासरी, मुहूर्त चिन्तामणि, ज्योतिष रत्नाकर, सुगम ज्योतिष, बृहत संहिता, लाल किताब, मयूर चक्रम्, नारद पुराण, पद्म पुराण, विष्णु पुराण, त्रिकाल जन्मकुण्डली दर्पण तथा भुगुसंहिता, रावण संहिता, हिन्दीमा अनुवादित पाश्चात्य एवं भारतीय फलित शास्त्र र फलित शास्त्रका विशेष अनुभवी ज्योतिषीहरुको पुस्तकको अध्ययन र संकलन गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्