Skip to content
LAXMI SUNRISE BANK

स्काइवाक टावरले आइपीओ निष्काशन गर्ने

अर्थ सरोकार

काठमाडौँ । स्काइवाक टावर संचालन गर्दै आएको वन्डर्स नेपाल प्रालिले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको आइपीओ छिट्टै आउने निश्चित भएको छ ।

उक्त सभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको आगामी व्यावसायिक कार्ययोजनासमेत सर्वसम्मत रूपमा पारित गरेको छ ।

स्काइवाक टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३ रोपनी जग्गामा छ ।

टावरमा ३६० डिग्री भ्यु देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र शीघ्र सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । त्यस्तै, सिटी बन्जी जम्पका साथै डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने कम्पनीको अठोट छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK