काठमाडौँ । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको हो ।
बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश नदिने निर्णयसँगै सेयरधनीको हात खाली भएको छ ।
बैंकले लाभांश नदिने भएपछि सेयरधनीहरु निराश भएका छन् ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।