Skip to content
LAXMI SUNRISE BANK

क्यूएफएक्स हलमा साना बालबच्चाले प्रवेश नपाउने 

अर्थ सरोकार

काठमाडौँ । साना बालबच्चाले क्यूएफएक्स हलमा प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै क्यूएफएक्स चेनका हलहरुले २.५ फिटभन्दा साना बालबालिकालाई हलमा प्रवेश नदिने भएको हो ।

२.५ फिटभन्दा अग्ला बालबालिकालाई भने हलमा प्रवेश दिइनेछ । तर, उनीहरुको हकमा दर्शकलाई तोकिएको शुल्क लाग्नेछ ।

बालबच्चाको स्वास्थ्य र हलभित्र मनोरञ्जनको वातावरणलाई ध्यानमा राख्दै साना बालबच्चालाई क्यूएफएक्स हलमा प्रवेश प्रतिबन्ध लगाइएको बताइएको छ । 

यसअघि साना बालबच्चालाई हलमा निःशुल्क प्रवेश दिइँदै आएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK