काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घर भई काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी ।
चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २९ गते नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर जापान पठाउने भन्दै १३ लाख ३२ हजार ५ सय रुपैयाँ ठगी गरेका थिए ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।