काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् । बुढानीलकण्ठस्थित निवासमा बिहीबार भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।
सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताएका छन्। ‘जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्’, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भने, ‘पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।’
कांग्रेस सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गरेका छन्।
बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो । सभापति देउवाले सम्बन्ति मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी दिएक छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्