काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सन्जिता गुरुङ र ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सन्जिता गुरुङले दुई जनालाई युके पठाउने भन्दै ६० लाख ८९ हजार रुपैयाँ र रेशम राज लामिछानेले ११ जनालाई दुबई पठाउने भन्दै २४ लाख रुपैयाँ ठगी गरेका थिए ।
हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।