काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले कुल ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफा बढ्न पुगेको हो । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब १३ करोड रुपैयाँबाट २ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।
त्यस्तै, यस अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्