×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खस्किँदै नेपाल बैंकको साख, खुद नाफा र इपिएस दुवै घट्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खस्किँदै नेपाल बैंकको साख, खुद नाफा र इपिएस दुवै घट्यो 

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.८७ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । 

नाफासँगै पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी