×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेपछि समृद्धि फाइनान्सको नोक्सानी झन् बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खराब कर्जा बढेपछि समृद्धि फाइनान्सको नोक्सानी झन् बढ्यो

Artha Sarokar

८ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार पुष मसान्तसम्म फाइनान्सको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि फाइनान्सको नोक्सानी बढेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्स ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो । 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १७६.१९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १७.५७ प्रतिशतले बढेको छ । 

खराब कर्जा बढेकै कारण फाइनान्सको इम्पेयरमेन्ट चार्ज ६२ लाख रुपैयाँबाट बढेर ६ करोड १२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १५ रुपैयाँ ३४ पैसा ऋणात्मक छ भने वितरणयोग्य मुनाफा पनि ६८ करोड १ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । हाल ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको समृद्धि फाइनान्सको जगेडा कोष ४० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी