×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका सिइओले राजिनामा दिएका हुन् ? बैंक भन्छ- ‘निराधार हल्ला’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका सिइओले राजिनामा दिएका हुन् ? बैंक भन्छ- ‘निराधार हल्ला’

Artha Sarokar

९ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केही दिन यता एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएको हल्ला चल्दा र त्यसमाथि मूलधारकै मिडियाले पनि सोही आशयको समाचार प्रकाशन गरेपछि यतिबेला बैंकका सिइओले राजिनामा दिएको चर्चा चुलिएको छ । 

तर, बैंकले भने न्यौपानेले राजिनामा नदिएको र यो हल्ला निराधार रहेको दाबी गरेको छ । 

बैंकका सूचना अधिकारी अर्जुन खनियाँले सो हल्ला निराधार भएको दाबी गरेका छन् । ‘सिइओ सर अहिले पनि नियमित मिटिङमै हुनुहुन्छ । राजिनामाको विषय हल्ला बाहेक केही होइन ।’, उनले भने ।

स्वयम् न्यौपानेले पनि आफ्नो राजिनामाको हल्ला गलत भएको दाबी गरेका छन् । उनले बैंक तत्काल छोड्ने मनस्थितिमा आफू नरहेकोसमेत प्रष्ट पारेका छन् । केही समयअघि मात्रै अर्थ सरोकारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् । उनले बैंकबाट राजिनामा दिएको हल्ला एक महिना अघिदेखि नै थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी