Skip to content
LAXMI SUNRISE BANK

नेपाल फाइनान्सको नाफा ह्वात्तै बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक 

अर्थ सरोकार

काठमाडौँ । नेपाल फाइनान्सको नाफा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २४२४ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ लाख १२ हजार मात्रै खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशतले बढेर ५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ५ करोड ५४ लाखबाट बढेर ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ६१ लाख रुपैयाँ रहेको छ । पुष मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा भने २६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ । 

त्यस्तै, ऋणात्मक रहेको कम्पनीको रिटेन्ड अर्निङ पनि १०.८३ प्रतिशतले बढेर ४८ करोड १३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट घटेर १०.४६ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ५ रुपैयाँ ६२ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK